चन्द्रपुर नगरपालिकाको आफ्नै भवन अलपत्र, भाडाको घरमै सेवा सञ्चालन

रौतहट, चन्द्रपुर ३ बैशाष
रौतहटको चन्द्रपुर नगरपालिकाको आफ्नै भवन निर्माण प्रक्रिया लामो समयदेखि अघि बढ्न नसक्दा स्थानीय बासिन्दाले चासो र प्रश्न उठाउन थालेका छन् । २०८२ साल भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा प्रयोगविहीन बनेको नगरपालिकाको भवन हालसम्म पुनः निर्माणको प्रक्रियामा स्पष्ट प्रगति नदेखिएपछि नगरवासी असन्तुष्ट देखिएका हुन् । हाल चन्द्रपुर नगरपालिकाले दैनिक प्रशासनिक कामकाज पुरानै भाडाको घरबाट सञ्चालन गरिरहेको छ । आफ्नै सरकारी भवन हुँदाहुँदै भाडामा कार्यालय सञ्चालन गर्दा राज्यको रकम अनावश्यक रूपमा खर्च भइरहेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।
चन्द्रपुर–३ गैडाटारका सामाजिक अभियन्ता उपेन्द्र गोलेले तत्काल नगरपालिकाको आफ्नै भवन निर्माण गरी सोही भवनबाट सेवा सञ्चालन गर्नुपर्ने बताए । उनका अनुसार, “आफ्नै भवन हुँदाहुँदै भाडामा बस्नु राज्यको स्रोतको दुरुपयोग हो ।” त्यस्तै, सन्तपुरका दीपेश साहले पनि सरकारी निकायले आफ्नै संरचना हुँदाहुँदै भाडाको विकल्प रोज्नु उचित नभएको धारणा राखे । उनले भवन निर्माण कार्यलाई प्राथमिकतामा राख्न स्थानीय तहलाई आग्रह गरेका छन् । नगरवासीले सार्वजनिक स्थल तथा विभिन्न माध्यममार्फत नगरपालिकासँग निर्माण प्रक्रिया कहाँ पुग्यो भन्ने स्पष्ट जानकारी माग गरिरहेका छन् । छिटोभन्दा छिटो निर्माण कार्य अघि बढाएर आफ्नै भवनबाट सेवा प्रवाह सुनिश्चित गर्न नगरवासीले माग गरेका छन ।

ताजा समाचार

Related Articles