गौरमा भीषण आगलागी : घरसहित पशुचौपाया जले, परिवार बिचल्लीमा

रौतहट २७ चैत्र
रौतहट — गौर नगरपालिका वडा नं. ४ टिकुलियामा गएराति भएको भीषण आगलागीले एक परिवारको उठीबास लगाएको छ । स्थानीय रामाधर गिरीको घरमा अचानक आगलागी हुँदा घरभित्र रहेका सम्पूर्ण सामग्रीसहित घरपालुवा जनावरसमेत जलेर नष्ट भएका छन् । आगलागी रातिको समयमा भएकोले क्षति थप बढेको स्थानीयवासीले बताएका छन । आगोले घर पूर्णरूपमा ध्वस्त बनाउँदा लाखौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनापछि गिरी परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन् । दैनिक उपभोगका सामग्रीदेखि खाना बस्नेसम्मको आधारसमेत नभएकाले उनीहरू गम्भीर समस्यामा परेका छन् । स्थानीयले तत्काल राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकाय र दातृ संस्थासँग सहयोगको अपिल गरेका छन् । आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन भने थप विवरण आउन बाँकी रहेको छ ।

ताजा समाचार

Related Articles