अव्यवस्थित पार्किङले बढायो दुर्घटनाको जोखिम, चन्द्रनिगाहपुरका स्थानीय चिन्तित

रौतहट २६ चैत्र
रौतहटको चन्द्रनिगाहपुरमा अव्यवस्थित पार्किङका कारण दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । महेन्द्र राजमार्ग अन्तर्गत पर्ने चन्द्रनिगाहपुरको मुख्य चोकमा लामो दूरीका सवारी साधन, म्याजिक भ्यान तथा डाफे अटोहरूले जथाभावी पार्किङ गर्दा सडक अस्तव्यस्त बनेको छ । यसले ट्राफिक व्यवस्थापनमा समस्या सिर्जना गरेको छ तर चन्द्रपुर क्षेत्रको सौन्दर्यमा समेत नकारात्मक प्रभाव पारेको स्थानीयकले गुनासो गरेका छन । विशेषगरी गौर रोडको दुवैतर्फ बस र म्याजिक सवारी साधनको लापरवाहीपूर्ण पार्किङका कारण सडकको स्वरूप नै बिग्रिएको छ । यात्रुहरूका अनुसार यस्तो अव्यवस्थित पार्किङकै कारण साना–ठूला दुर्घटनाहरू भइरहेका छन् । जसले सर्वसाधारणको ज्यान जोखिममा पारेको छ । यता जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरले प्रभावकारी निगरानी तथा कारबाही गर्न नसकेको भन्दै स्थानीय व्यवसायीहरू असन्तुष्ट छन् ।
ट्राफिक नियमको कार्यान्वयन कमजोर हुँदा सवारी चालकहरू मनपरी ढंगले सवारी पार्किङ गरिरहेका छन् । स्थानीयवासी तथा व्यवसायीहरूले तत्काल ट्राफिक व्यवस्थापनलाई कडाइका साथ लागू गर्न, व्यवस्थित पार्किङ स्थलको व्यवस्था गर्न तथा नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

ताजा समाचार

Related Articles