राैतहट २५ चैत्र
रौतहटकाे गरुडा मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा कार्यकर्ताहरूको भेला सम्पन्न भएको छ । भेलाले पार्टीका श्रदय केन्द्रीय अध्यक्ष केपी शर्मा ओली को पक्राउलाई राजनीतिक प्रतिशोधको परिणाम भएको निष्कर्ष निकालेको छ । जिल्ला अध्यक्ष सचितानन्द साह को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले सरकारको कारबाही प्रक्रियामाथि प्रश्न उठाएका छन् । उनीहरूले भदौ २३ गतेको घटनामा मात्र कारबाही गर्नु र २४ गतेका घटनामा संलग्न व्यक्तिहरूलाई उन्मुक्ति दिनु न्यायसंगत नभएको बताएका छन् । भेलामा सहभागी नेताहरूले निष्पक्ष अनुसन्धानका नाममा चयनात्मक कारबाही हुनु राजनीतिक पूर्वाग्रहको संकेत भएको दाबी गरेका छन् । साथै, पार्टी संगठनलाई अझ सशक्त बनाउन टोल–टोलसम्म संगठन विस्तार गर्दै संगठित सदस्यहरूलाई सक्रिय बनाउनेतर्फ जोड दिइएको छ ।
भेलाले केन्द्रीय कमिटीको निर्देशन अनुसार आन्दोलनमा सहभागी हुन सबै नेता तथा कार्यकर्तालाई आह्वान गर्दै अध्यक्ष केपी शर्मा ओली को तत्काल रिहाइको माग गरेको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा राैतहट ईन्चार्ज अजय गुप्ता, केन्द्रीय सदस्य उपेन्द्र साह, राैतहट क्षेत्र नं. ३ का प्रत्यासी कुन्दन कुस्वाहा, क्षेत्र नं. ४ का प्रत्यासी रामजी साह, मधेश प्रदेश कमिटिका सदस्य वीर बहादुर गोले,लगायत जिल्ला, पालिका तथा वडा तहका पदाधिकारीहरूको बाक्लो उपस्थिति जनाएका थिए । कार्यक्रम राैतहट जिल्ला कमिटिका सचिव बाबुराम दाहालले सञ्चालन गर्नु भएकाे थियाे ।

