रौतहट २४ चैत्र
रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुर क्षेत्रमा अवैध रूपमा भित्र्याइँदै गरिएको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । करिब २ लाख रुपैयाँ बराबरको उक्त कपडा तरकारी बोक्ने सवारी साधनमा लुकाइछिपाइ ओसारपसार भइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरी बल नेपालको सन्तपुर बेस क्याम्पले विशेष सूचनाका आधारमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त अवैध सामान फेला पारेको जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार कपडा अवैध रूपमा भित्र्याइएको आशंका गरिएको छ । प्रहरीका अनुसार बरामद गरिएको कपडाको वास्तविक परिमाण, स्रोत तथा संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको छ । साथै, अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी अझ कडा बनाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

