रौतहट,१ कार्तिक । डिडिसिको लापरवाहीले गर्दा रौतहटमा दूध उत्पादक किसान मारमा परेको छ । डिडिसिले दूध नलिदा किसानको दूध फ्याकने अवस्थामा पुगेको किसानहरु बताउँछन् ।
पछिल्लो एक महिना यता किसानको दूध डेरीहरुले लिन नमानेको गुनासो किसानहरुको रहेको छ ।
रौतहटमा झन्डै ३० हजार लिटर दूध उत्पादन हुने गरेको र पछिल्लो समय डिडिसिले नै दुध लिन छोेडेको दुध उत्पादक संघ रौतहटका अध्यक्ष कृष्षा अधिकारी जानकारी दिए । अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो समय डिडिसिले दूध लिन विभिन्न बहाना बाजी गर्न थालेको छ । कहीले मिसिन बिग्रेको त काहीले दूध बिक्रि नभएको भन्दै डिडिसिले बहानाबाजी गर्ने गरेको अधिकारी बताए । यता दशैको मुखमा किसानको दूध बिक्रि नहुँदा दूध उत्पादक किसान मारमा परेको छ । यात रौतहटको बजारमा भरतीय दूध आएका कारण जिल्लाका दूध उत्पादक किसानलाई दूध बिक्रिमा समस्या हुने गरेको डेरी सञ्चालकहरु बताउँछन् । खुल्ला सिमानाका कारण रौतहटको बजारमा भारतीय दूध दैनिक जसो भित्रिने गरेको छ । भारतीय सिमानाकामा प्रहरीले दुध ल्याउन छुट दिएका कारण रौतहटका दुध उत्पादक किसानलाई यो समस्या भएको डेरी सञ्चालक राम सागर यादवको भनाइ रहेको छ ।