रौतहट १ कार्तिक
रौतहटको चन्द्रनिगाहपुरमा भुमाफियाद्धारा सित्तैमा जग्गा नामसारी गरेको रहस्या खुलेको छ । रौतहटको चन्द्रनिगाहपुरस्थित होटल अल्पाइनमा बुधबार पिडितले पत्रकार सम्मेलन गरि सोको पर्दाफास गरेका हुन । बिचौलियाको सहयोगमा विभिन्न प्रलोभन देखाउदै सित्तैमा जग्गा आफ्नो नाममा नामसारी गरेपछि सम्पर्क विहिन भई फरार भएको पिडितले पत्रकार सम्मेलनमा बताएका छन । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ८ का बर्ष ३० का अर्जुन चौधरीलाई भुमाफियाले ठगी गरेको बताउनु भएको छ । स्थानिय चौधरी ब्यावसाय गर्ने उदेश्यले चन्द्रनिगाहपुरका विभिन्न बैकहरुमा ऋण निकाल्न खोज्दा ऋण नपाएपछि निजको ब्यावसाय गर्ने योजना असफल बनेको थियो । चौधरीले एनएमबी बैक र सनराइज बैकमा ऋण लिनका लागी पटक पटक ताकेता गर्दा समेत ऋण पाउन नसकेपछि निरास भएर बसेको मौका छोपी त्यसको फाइदा उठाउदै जग्गा आफ्नो नामसारी गरिदिए आफ्नो नामबाट ऋण बढी नै निकालि दिने प्रलोभन देखाउदै चौधरीको नामको जग्गा गरुडा नगरपालिकाको वडा नम्बर ५ स्थित शिवनगर घर भएका अहिले चन्द्रनिगाहपुरमा ब्यावसाय गर्दै आएका बर्ष ३५ का ओमनाथ गिरीले चन्द्रनिगाहपुरस्थित ५ कठ्ठा १० धुर जग्गा आफ्नो नाममा लिएको थियो । चौधरीलाई निज गिरीले चौधरीलाई २० लाख दिने सर्तमा आफुले सो जग्गा गिरिको नाममा नामसारी गरिदिएको बताउनु भएको छ । आफुले जग्गा नामसारी गरिदिएपछि गिरीले भोली पर्सि भन्दै ७ महिना बितिसकेको तर आफुलाई दिने भनेको रकम नदिएको चौधरीले पत्रकार सम्मेलनमा बताउनु भएको छ । पैसा नदिए आफ्नो जग्गा फिर्ता गर्न आफुले गिरी समक्ष ताकेता गरेको तर भोली भोली भन्दै टार्दै आएको बताउनु भयो । ब्यावसायी गरि केही गरौला भनी आफुले ३ करोडको जग्गा गिरीको नाममा नामसारी गरिदिएकाले घरवारविहिन बनाइदिएको पिडितको भनाई रहेको छ । पिडक ओमनाथ गिरीसंग चिनजान नभएको बिचौलियाको रुपमा चन्द्रपुर नगरपालिकाको नम्बर २ का रवि प्रसाद साहले काम गरेका थिए । बिचौलिया साहलाई पिडक गिरीले मोटो रकम दिएर सो जग्गा हडपेको पिडितले पत्रकार सम्मेलनमा बताएका थिए । पिडितले पछिल्लो समय जग्गा फिर्ता माग्दा बिचौलिया साहले लिएको मोटो रकम दिलाई दिनु पर्ने गिरिले सर्त राखेपछि पिडित चौधरी मानसिक तनावमा आत्माहत्यासम्मको सोच बनाएको उहाले बताउनु भएको थियो । सो जग्गा फिर्ता गराउन विभिन्न पार्टीका नेताहरुको घरमा समेत धाएको बताउनु भएको छ । आफुले साथीभाइहरुसंग आफ्नो समस्या बताएपछि हरेस नखान र यसबारे वास्तबिकता पत्रकार सम्मेलनद्धारा खुलासा गर्न सल्लाह पाएपछि बुधबार आफुले पत्रकार सम्मेलनको आयोजना गरेको अर्जुन चौधरीले बताउनु भयो ।