आज – २३ चैत्र २०८२ सोमवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आलस्यले गर्दा हात आएको अवसर गुमाउनु पर्ला सावधान रहनुहोस् । कार्यक्षेत्रमा दोहोराएर काम गर्दा सफलता मिल्नेछ । विश्वास पात्रबाट सहयोग पाइनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चिताएको काम समयमा सम्पादन गर्न नसकिएला । सेवामूलक कामले नाम, दाम र प्रतिष्ठा कमाउन सकिनेछ । पारिवारिक र वैचारिक मतभेद सुल्झिनेछ । आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) युवाहरुलाई करियरमा सफलता र प्रगतिको मार्ग प्रशस्त हुनेछ । विषयवस्तुको पूरा जानकारी नहुँदा मनमा नकारात्मक प्रभाव बढ्ला । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । आजको शुभ रंग आकाशी हो भने शुभ अंक ५ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कला र साहित्यको क्षेत्रमा निखार आउनेछ । व्यक्तिगत कार्यहरूलाई पनि योजनाबद्ध तरिकाले पूरा गर्नुहोस् सफलता मिल्नेछ । अध्ययन अध्यापनमा अपेक्षाकृत परिणाम नमिल्ला । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ठूलो फाइदाको लागि केही वस्तु त्याग गर्नुपर्ला । काम र शिक्षालाई लिएर आफन्तहरुबाट टाढिनुपर्ला । सवारी साधन चलाउँदा सावधान रहनुहोला । असंयमित व्यवहारले समस्या निम्ताउला । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ ।
कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साहसिक कार्य गर्ने समय रहेको छ । पारिवारिक जमघटको बीच रमाइलो समय व्यतीत हुनेछ । रोजगारीको लागि नयाँ प्रस्तावहरू मिल्नेछन । विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। साझेदारी व्यापारमा लाभ मिल्नेछ । उच्चपदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । योग्यताको उचित मूल्यांकन पाइनेछ आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । कलात्मक र सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लगनशीलताले मनको डर उत्साहमा परिवर्तित हुनेछ । प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ । कानुनी मुद्दा मामलामा पक्ष मजबुत रहनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धैर्य र पराक्रममा वृद्धि हुनेछ । रोकिएका कार्यहरू पुनः प्रारम्भ हुनेछन् । जीवनसाथीको साथ मिल्नाले मनोबल उच्च रहनेछ । नोकरी वा पेशामा सहयोगीहरुले साथ दिनेछन् । आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ ।
मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आवश्यक वस्तुहरू जुटाउन सकिनेछ । कीर्तिमान काम गर्ने समय रहेको छ । मन मिल्दो साथीसँग सहकार्य गर्ने अवसर मिल्नेछ । व्यापार व्यवसायमा ठेक्कापट्टाबाट लाभ उठाउन सकिनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) योजना र विचारहरू गुप्त राख्ने प्रयास गर्नुहोस् । कार्यक्षेत्रमा कुनै निराधार आरोपको सामना गर्नुपर्ला । धर्मकर्ममा मन लाग्नेछ । प्रतिष्ठित व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ ।

ताजा समाचार

Related Articles