रौतहट २१ चैत्र
नेपाल सोतोकान कराते संघ रौतहटको पहिलो जिल्ला भेला शनिबार चन्द्रनिगाहपुरस्थित होटल एएन प्लाजामा सम्पन्न भएको छ। भेलाले तुलाराज चौधरीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा देवेन्द्र थापा, सचिवमा सागर चौधरी, कोषाध्यक्षमा कल्याणी चौधरी तथा सदस्यहरूमा नजरा खातुन, अजय चौधरी, अर्जुन चौधरी, दीपक बस्नेत, रविन्द्र चौधरी, श्रीराम चौधरी र कमलेश चौधरी चयन भएका छन् । कार्यक्रम नेपाल सोतोकान कराते संघका संस्थापक अध्यक्ष हेम कुमार श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको थियो भने चन्द्रपुर नगरपालिका–६ का वडा अध्यक्ष सहदेव केसी प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि केसीले कराते संघको विकास र विस्तारका लागि स्थानीय तहबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा संस्थापक अध्यक्ष श्रेष्ठले नेपालमा वि.सं. २०५४ सालदेखि सुरु भएको सोतोकान करातेले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउँदै देशको पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान दिएको बताए । कार्यक्रममा संघका राष्ट्रिय प्रशिक्षक अस्मिता थापा, ब्ल्याक बेल्ट राजाराम जंगम, राखेपका राजेश श्रेष्ठ, विष्णुलाल श्रेष्ठ, रविन्द्र चौधरी, श्रीकान्ता चौधरी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

भेलाले जिल्लामा कराते खेलको विकास, प्रशिक्षण तथा प्रतिभा उत्पादनमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको

