राैतहटमा ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

रौतहट २० चैत्र
रौतहटमा एक दर्दनाक सवारी दुर्घटनामा ट्रयाक्टर चालकको ज्यान गएको छ । राैतहटको गढिमाई नगरपालिका–७ अन्तर्गत पर्ने धरमपुर–धनाडी सडकखण्डमा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार धनाडीबाट धरमपुरतर्फ जाँदै गरेको ना ६ त ९६८३ नम्बरको ट्रयाक्टर अचानक अनियन्त्रित भई सडकबाट तल खेतमा पल्टिएको थियो। दुर्घटनाको क्रममा ट्रयाक्टरको भारी इन्जिनले चालकलाई थिच्दा घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ ।
गौर नगरपालिका–६, सबगढाका निवासी बर्ष २८ का रञ्जित साह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । स्थानीयवासीका अनुसार उक्त सडकखण्ड साँघुरो तथा जोखिमपूर्ण भएकाले यसअघि पनि साना–ठूला दुर्घटना हुँदै आएका छन्। दुर्घटनापछि स्थानीय तह र सम्बन्धित निकायले सडक सुरक्षामा ध्यान दिनुपर्ने आवाज उठ्न थालेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा समाचार

Related Articles