आज – २० चैत्र २०८२ शुक्रवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ काम र मिहिनेतले प्रगति हुनेछ । सामाजिक सम्बन्ध मजबुत बन्नेछ । व्यापार व्यवसायमा लाभ हुने योग रहेको छ । दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रचनात्मक काममा रुचि बढ्नेछ । परिवारको साथले हौसला बढाउने छ । शुभचिन्तकहरूको सल्लाहले महत्त्वपूर्ण निर्णयमा आधार मिल्नेछ । धैर्यताले काम सहज बन्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मबल बलियो रहनेछ । कार्यकुशलता साथै नेतृत्व गर्ने सुनौलो अवसर मिल्नेछ । नयाँ जिम्मेवारीले मनमा हर्ष ल्याउने समय रहेको छ । चाहना अनुकुल कार्य पूरा हुने शुभ समय रहेको छ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पुरानो जटिल विषय समाधानतर्फ जाने संकेत छ । कामकाजमा प्रगतिको संकेत रहेको छ । वाणीमा विशेष प्रभाव बढ्नेछ । विद्यार्थीहरूको पठनपाठनमा रुचि बढ्नेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा अनुभवले सहि निर्णय लिन मद्दत गर्नेछ । सहकर्मीहरूबाट साथ र सहयोग प्राप्त हुनेछ । सकारात्मक पारिवारिक वातावरण कार्यसम्पादनमा सहयोगी रहनेछ । लगनशीलताले लक्ष्यतर्फ अघि बढाउनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ ।
कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नोकरी वा पेशामा हजुरको प्रभाव बढ्नेछ । व्यापार व्यवसायलाई लिएर नयाँ योजनाहरू बन्नेछन् । साहित्य र कलाको क्षेत्रमा सफलता मिल्नेछ । विद्यार्थीहरूको पठनपाठन र शैक्षिक पक्षमा प्रगति हुनेछ । आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन शान्त र स्थिर रहनेछ । साथीभाइसँग सहकार्य बढ्नेछ । परिश्रमको उचित मूल्यांकन प्राप्त नहुदा मन खिन्न रहन सक्छ । प्रतिस्पर्धामा अग्र स्थान प्राप्त हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा नयाँ अनुभव थपिनेछ । संयमताले सफलता नजिक ल्याउनेछ । मित्रतामा विश्वास बढ्नेछ । समझदारीले कार्य गर्दा लाभ देखिनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरपरिवारमा रमाइलो वातावरण बन्नेछ । परिवारका सबै सदस्यहरुबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायमा नयाँ विचार साथसाथै कार्य गर्ने हौसलाले मन रमाउनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक पक्षतर्फ ध्यान दिनुपर्ने समय रहेको छ । वैदेशिक रोजगारमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या देखापर्न सक्छ तसर्थ खानपिनमा ध्यान दिनुहोस् । यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक रुपमा नयाँ दायित्व निर्वाह गर्नुपर्ला । कार्यक्षेत्रमा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । कार्यक्षेत्रमा भावनामा आएर निर्णयहरू लिनबाट जोगिनुहोला । पिताको सहयोग मिल्नेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक सदस्यको बीच असमझदारी बढ्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ सावधान रहेर बोल्दा राम्रो हुनेछ । आश्वासन बढाउनेहरूले झुक्याउन सक्नेछन् सचेत रहनुहोस् । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ ।

ताजा समाचार

Related Articles