आज – १६ चैत्र २०८२ सोमवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । कार्यक्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ । अवसरको खोजीमा दौडधूप गर्नुपर्ला । कुनै कुरालाई लिएर मन अशान्त रहनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बोलिको प्रभावले कार्य सिध्द हुनेछन् । यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं । नोकरी वा पेशामा नयाँ जिम्मेवारी वहन गर्नुपर्ला । आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राजनीतिक प्रभावले महत्वपूर्ण कार्य सजिलै सम्पादन हुनेछ । पारिवारिक सम्बन्धमा आत्मीयतामा कमी आउन सक्छ । खर्चमा नियन्त्रण राख्नुहोस् साथै नयाँ लगानी लगाउन उपयुक्त समयको प्रतिक्षा गर्नुहोस् । आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नोकरी वा पेशामा प्रभाव बढ्नेछ। शुभचिन्तकहरूको सल्लाहले महत्त्वपूर्ण कार्य सजिलै सम्पादन हुनेछ । ठेकापट्टा वा कृषिको क्षेत्रबाट लाभ आर्जन गर्न सकिएला । आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विरोधीहरूले उल्झ्याउने प्रयास गर्नेछन् सावधान रहनुहोला । कार्यक्षेत्रमा व्यस्तता बढ्नाले आफन्तहरूलाई समय दिन नसकिएला । अरूले सरल स्वभावको फाइदा उठाउलान् । आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विवादास्पद मामलाहरू सुल्झिनेछन् । नयाँ नोकरीको प्रयासमा सफलता मिल्नेछ । सहकारी वा वित्तीय मामलाहरूमा शुभ समाचार मिल्नेछ । स्वास्थमा सुधार आउनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पहिला सम्पादन गरेको शुभ कर्मको चर्चा हुनेछ । कार्यक्षेत्रमा नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ । लगनशीलताले सोचेको कार्यसम्पादन गर्न सकिनेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) उत्साह र उमंगमा वृद्धि देखिएको छ । सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । कामको सन्दर्भमा विशेष व्यक्तिसँग भेटघाटका योग छन् । समस्या परेको बेला शुभचिन्तकहरूको सहयोग मिल्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा सफलता मिल्नेछ । सैद्धान्तिक विषयमा पक्ष मजबुत रहनेछ । विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ । व्यापार व्यवसायमा घरपरिवारबाट सहयोग मिल्नेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्यार्थीहरूलाई परीक्षामा सोचेभन्दा राम्रो परिणाम मिल्नेछ । चलिरहेको पुरानो विवाद सुल्झिनेछ । मनोरञ्जन र भौतिक सुख सुविधामा वृद्धि हुनेछ । आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार विस्तारलाई लिएर नयाँ योजनाहरू बन्नेछन् । सामाजिक गतिविधिमा धन खर्च हुनेछ । अरुको विवादमा नपरी आफ्नो कामलाई सत्य निष्ठाको साथमा निभाउने प्रयास गर्नुहोस् । आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक पक्ष सबल रहनुका साथै विद्यार्थीहरूलाई अध्ययन अध्यापनको क्षेत्रमा नयाँ अनुभव मिल्नेछ । सन्तान पक्षबाट सुभ सूचना मिल्नेछ । प्रेम सम्बन्ध कसिनेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ ।

ताजा समाचार

Related Articles