ओली र लेखकको पक्राउविरुद्ध एमाले रौतहटको विरोध प्रदर्शन, सीडीओलाई ज्ञापनपत्र बुझाइयो

रौतहट १५ चैत्र
नेकपा एमाले रौतहट जिल्ला कमिटीले पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक को पक्राउको विरोधमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयमा विरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएको छ । जिल्ला अध्यक्ष सचितानन्द साहको नेतृत्वमा आयोजित विरोध कार्यक्रममा नेता–कार्यकर्ताहरूले नाराबाजीसहित प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा “नेकपा एमाले जिन्दाबाद”, “विदेशीका मतियार गृहमन्त्री राजीनामा दे”, “बालेन सरकार मुर्दाबाद” र “केपी ओली र रमेश लेखकलाई तत्काल रिहा गर” जस्ता नाराहरू घन्किएका थिए ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्जसहित केन्द्रीय सदस्यहरू अजय गुप्ता, आरती भण्डारी, उपेन्द्र साह, कुन्दन कुशवाहा र पूर्व केन्द्रीय सदस्य रेखा झालगायतको उपस्थिति रहेको थियो । साथै जिल्ला कमिटीका उपाध्यक्ष रुपेश पटेल, सचिव बाबुराम दाहाल, सचिव मुनालामी छाने, युवासंघका जिल्ला अध्यक्ष तथा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । एमाले रौतहटले नेताहरूको पक्राउलाई राजनीतिक प्रतिशोधको रूपमा लिँदै तत्काल रिहाइको माग गरेको जनाएको छ ।

ताजा समाचार

Related Articles