आज – १५ चैत्र २०८२ आइतवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन ऊर्जावान र सकारात्मक रहनेछ । नयाँ काम सुरु गर्नको लागि राम्रो समय रहेको छ । आत्मविश्वासमा वृद्धि हुनेछ साथै नेतृत्व गर्ने क्षमता प्रकट हुनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भावनात्मक रुपमा संवेदनशील हुन सक्नुहुन्छ त्यसैले आफूलाई सन्तुलित राख्ने प्रयास गर्नुहोस् । परिवारको सहयोगले मनोबल उच्च रहनेछ । संचित धनमा वृद्धि हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा ढिला सुस्ती हुन सक्छ जसले गर्दा तनाव बढ्न बढ्नेछ । कार्यक्षेत्रमा धैर्य वा संयमता अपनाउनुहोस । स्वास्थमा कमजोरीको अनुभूति हुनेछ खानपानमा ध्यान दिनुहोला । आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नोकरी वा पेशामा उच्च अधिकारीहरूको सहयोग पाइनेछ । प्रेम सम्बन्ध प्रगाढ रहनेछ । नयाँ योजनाहरू प्रारम्भ गर्न उपयुक्त समय रहेको छ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको दिन सकारात्मक रहनेछ । करियरमा उन्नति प्रगतिका संकेत छन् । कार्यक्षेत्रमा गोपनीयता भंग हुनाले समस्या व्यहोर्नुपर्ला । स्वास्थ्यप्रति सजग रहनुहोस् । आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा लगनशीलताले जटिल काम सम्पादन गर्न सकिनेछ । प्रतिस्पर्धीहरू पनि सम्झौता गर्न सक्छन् । शुभचिन्तकहरूको सहयोग जुट्नाले चिताएको कार्यसम्पादन गर्न सकिनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ अवसरहरू आउनेछन् र सामाजिक दायरामा विस्तार हुनेछ । साथीभाइसँग रमाइलो समय व्यतीत हुनेछ । व्यापार र करियरमा प्रगति हुनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समाजमा मान प्रतिष्ठा बढ्नेछ र प्रेम जीवनमा सकारात्मक परिवर्तन आउनेछ । आर्थिक रूपमा दिन लाभदायी रहनेछ । बोली प्रभावशाली रहनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कुनै पनि निर्णय लिनुभन्दा अघि सकारात्मक विश्लेषण गर्नुहोस् । सहकर्मीहरूको सहयोग मिल्नेछ । आर्थिक पक्ष राम्रो रहनेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चुनौतीहरूलाई पन्छ्याउँदै अगाडि बढ्ने अवसर मिल्नेछ । धर्मकर्ममा मन जानेछ । गोप्य कुराहरू साझा गर्नदेखि बच्नुहोस् । विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) उद्योग व्यापार विशेष फाइदा हुनेछ । गरिएको कार्यबाट छोटो समयमा उचित प्रतिफल पाइनेछ । मेहनतले दाम, नाम र इनाम दिलाउनेछ । शत्रुहरू परास्त हुनेछन् । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सृजनात्मक कार्यमा व्यस्तता बढ्नेछ । नयाँ विचारहरू आउनेछन् जसले तपाईंको कामलाई नयाँ दिशा दिनेछ । मित्रबाट सहयोग र समर्थन मिल्नेछ । आर्थिक रुपमा स्थिति राम्रो रहनेछ । प्रेम जीवनमा समझदारी बढ्नेछ । आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ ।

ताजा समाचार

Related Articles