मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) करियरमा दबाव र प्रतिस्पर्धा बढ्नेछ । व्यापार व्यवसायमा नयाँ लगानी लगाउँदा सोच विचार गरेर लगाउनुहोस । प्रेम सम्बन्धमा सानो कुराले ठूलो विवाद हुनसक्छ सावधान रहनुहोला । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) तारिफ योग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । व्यापारमा राम्रो फड्को मार्ने समय रहेको छ । छोटो समयमा राम्रो उपलब्धि प्राप्त गर्न सकिएला । आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनशीलताले विरोधीहरू परास्त हुनेछन । आफ्नो कमी कमजोरीलाई सुधार्ने समय रहेको छ । कृषि, भूमि र पशुधनबाट लाभ मिल्नेछ । स्वास्थ्य सबल रहनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। नोकरी वा पेशामा अनुकूल स्थिति र पदोन्नतिका योग छन । मनमा परोपकार र सद्विचारको भावना जागृत हुनेछ । विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन लाग्नेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समय लागे पनि दिगो कार्य प्रारम्भ गर्न सकिनेछ । ठेक्कापट्टा वा शेयर आदिबाट प्रशस्त लाभ हुनेछ । नयाँ कार्यमा प्रवृत्त हुनुका साथै उद्योग धन्दामा लाभ रहनेछ । जीवनसाथीको सहयोग पाइनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । सन्तानको उन्नति र प्रगतिले मन प्रसन्न रहनेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा उच्च पदासिनहरूको समर्थन पाइनेछ । फजुल खर्च बढ्नेछ त्यसर्थ आम्दनीलाई सन्तुलित राख्ने प्रयास गर्नुहोला । नयाँ कामप्रति आकर्षण बढ्ने र सम्बन्धमा सुधार आउनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अथक परिश्रमले शरीरमा थकान र कमजोरीको महसुस हुन सक्छ । स्वास्थ्यलाई लिएर खानपिनमा विशेष ध्यान दिनुहोला । नयाँ कार्य प्रारम्भ गर्नुभन्दा चलिरहेको कार्यालाई नै निरन्तरता दिनुहोस् । आध्यात्मिक ज्ञानलाई निखार्ने समय रहेको छ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मेहनत र राम्रो योजना बनाएर गुमाएको स्थान प्राप्त गर्ने समय रहेको छ । आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । नोकरी वा पेशामा अधिकारी वर्गहरु सहयोगी सिद्ध हुनेछन् । आजको शुभ रंग केसरी हो भने शुभ अंक ७ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) उपलब्धिहीन काममा समय व्यतीत हुन सक्छ सचेत रहनुहोस् । आफन्तहरू मध्य कुनै कुरालाई लिएर असमझदारी देखा पर्ला । स्वास्थ्य कमजोर हुनाले कामलाई लिएर चिन्ता रहनेछ । राजनैतिक परिवेशमा सकारात्मक समय रहनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नोकरीमा इन्टरभ्यु आदिमा सफलता मिल्नेछ । लामो समयदेखि रोकिएको कार्य सम्पादन हुनेछ । वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ । स्वास्थ्यलाई लिएर सजग रहनुहोस । आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) हजुरले गरेको कारयबाट अरुले फाइदा उठाउने चेष्टा गर्नेछन् । आत्मीय जनसँगको बिछोडले मन व्यतित रहन सक्छ । जग्गा जमिन आदिबाट लाभ मिल्नेछ । सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोस् । आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ ।

