मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिहरूबाट प्रशंसा पाइनेछ । परिवारसँग रमाइलो समय व्यतीत हुनेछ । व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ । सोचेका र आँटेका कार्यहरू सिद्ध हुने छन ्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । आम्दानी बढ्नुका साथै दिगो लाभ दिने योजनाहरु प्रारम्भ गर्न सकिनेछ । नोकरी वा पेशामा अधिकारीहरूबाट सहयोग पाइनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाजुभाइमा आत्मीयता बढ्नेछ । सुन्दर पहिरनको साथ व्यक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिश्रमले राम्रो अवसर जुटाउनेछ। साथीभाइ र इष्टमित्रहरूको राम्रो सहयोग पाइनेछ । विभिन्न भौतिक संसाधनहरू प्राप्त हुनेछन । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्यात्मिक भाव जागृत हुनाले धर्मकर्ममा मन जानेछ । व्यापार व्यवसायमा जीवनसाथीको सहयोग पाइनेछ । कार्यक्षत्रमा विशेष जिम्मेवारी प्राप्त हुनेछ । रोकिएका कामहरू सम्पादन हुनेछन । आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । प्रियजनसंग भेटघाटले मन प्रसन्न रहनेछ । विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ । शत्रुहरू परास्त हुनेछन् भने स्वास्थ्य सबल रहनेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बोलि प्रभावशाली रहनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निर्खाने समय रहेको छ । महत्वकांक्षी योजनाहरू सार्वजनिक नगर्नुहोस् । आफन्तहरूको मध्य स्वादिष्ट भोजनको आनन्द मिल्ला । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शत्रु वा प्रतिस्पर्धीहरूले हजुरको कमजोरीको फाइदा उठाउनेछन । व्यापार व्यवसायमा सोचेजस्तो सफलता हात नलाग्ला । मेहनतले दैनिकी जीवनमा सुधार ल्याउनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिकूल परिस्थितिले गर्दा काम पूरा हुन समय लाग्नेछ । अड्किएको रकम हात लागि हुनेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । व्यापार विस्तारलाई लिएर नयाँ योजनाहरू बन्नेछन् । आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भविष्यको लागि जग बसाउने मौका पाइनेछ । आलस्य गर्ने बानीले कार्यसम्पादनमा केही बिलम्ब हुन सक्छ । नयाँ लगानी लगाउनको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस् । आजको शुभ रंग आकाशी हो भने शुभ अंक ५ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मेहनत गर्दा लक्ष्य सम्म पुगिनेछ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला । अरुका लागि श्रम वा बुद्धि खर्च गर्नुपर्ला । स्वास्थ्यका लागि खानपिनमा ध्यान दिनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक विवादहरू सुल्झाउनमा समय व्यतीत हुनेछ । प्रतिस्पर्धीहरुले काममा बाधा पुर्याउनेछन् । मनमा चञ्चलता र धैर्यताको कमीले समस्या निम्तिनेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ ।

