देवाही गोनाहीमा दोस्रो मेयर कप क्रिकेट प्रतियोगिता आजबाट सुरु

रौतहट १२ चैत्र
रौतहटको देवाही गोनाही नगरपालिकामा दोस्रो मेयर कप नकआउट क्रिकेट प्रतियोगिता उत्साहका साथ सुरु भएको छ । नगर प्रमुख प्रेमलाल साहले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नु भएको छ । वडा सदस्य खुबलाल दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख परनिया देवी पटेल विशिष्ट अतिथिको रूपमा सहभागी रहनु भएको थियो । कार्यक्रममा वडा नम्बर ९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साह, वडा नम्बर ४ का रामप्रवेश पटेल, वडा नम्बर ३ का संजय पटेल, श्री जय किसान माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामन्नद साह तथा प्रधानाध्यापक संजय प्रसाद लगायत नगरपालिका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उद्घाटन खेलमा नगरपालिकाका कर्मचारीहरूको टोली र वडा नम्बर ४ का युवा खेलाडीहरूबीच रोमाञ्चक प्रतिस्पर्धा यो समाचार बनाउने समयसम्म भइरहेको छ । प्रतियोगिताले स्थानीय खेल प्रतिभा विकास र युवाहरूमा खेलप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

ताजा समाचार

Related Articles