राैतहट प्रहरीद्वारा १५ थान कागजात विहिन मोटरसाइकल बरामद

राैतहट १२ चैत्र

रौतहटमा प्रहरीले सवारी साधन तथा अवैध सामानमाथि कडाइ बढाएको छ । पछिल्लो चेकिङ अभियानमा कागजपत्रविहीन मोटरसाइकल र भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले बुधबार गौर नगरपालिका–४ स्थित बसपार्क क्षेत्रमा सवारी जाँच गर्ने क्रममा १५ वटा कागजपत्र नभएका मोटरसाइकल नियन्त्रणमा लिएको हो । ती मोटरसाइकलहरूको अनुमानित मूल्य करिब ११ लाख ७० हजार रुपैयाँ रहेको छ । यसै क्रममा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरिएको खाद्यान्न तथा अन्य सामग्री समेत प्रहरीले बरामद गरेको छ, जसको मूल्य ७ हजार २३० रुपैयाँ रहेको जनाइएको छ।
प्रहरीका अनुसार विभिन्न मिति र स्थानबाट बरामद गरिएका मोटरसाइकल तथा अवैध सामग्रीको कुल मूल्य ११ लाख ७७ हजार २३० रुपैयाँ पुगेको छ। उक्त सामान आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन् । प्रहरीले यस्ता अवैध गतिविधि नियन्त्रणका लागि आगामी दिनमा समेत निगरानी र चेकिङलाई अझ कडाइ गर्ने जनाएको छ ।

ताजा समाचार

Related Articles