प्रश्नपत्र चुहावटपछि लालबन्दीमा कक्षा ८ को परीक्षा स्थगित

सर्लाही ११ चैत्र
सर्लाहीको लालबन्दी नगरपालिकामा कक्षा ८ अन्तर्गत सञ्चालन हुँदै आएको नगरपालिका स्तरीय परीक्षामा अनियमितता देखिएको छ । सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएको पुष्टि भएपछि आजका लागि तय गरिएको परीक्षा स्थगित गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलले हिजो सूचना जारी गर्दै उक्त विषयको परीक्षा तत्कालका लागि रोकिएको जानकारी दिएका छन् । घटनापछि परीक्षा व्यवस्थापनप्रति प्रश्न उठ्दै गएपछि नगरपालिकाले आवश्यक निर्णय लिएको जनाएको छ । शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटीका अनुसार स्थगित गरिएको परीक्षा अब चैत १७ गते पुनः सञ्चालन गरिनेछ । उनले अन्य विषयका परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै नियमित रूपमा सञ्चालन भइरहने स्पष्ट पारे । प्रश्नपत्र चुहावटको घटनाबारे थप छानबिन गरिने र दोषीमाथि आवश्यक कारबाही हुने नगरपालिकाले जनाएको छ ।

ताजा समाचार

Related Articles