आज – ११ चैत्र २०८२ बुधवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वासमा वृद्धि हुनेछ र नयाँ काम सुरु गर्ने उत्साह आउनेछ। करियरमा प्रगतिको संकेत देखिन्छ । परिवारसँग समय बिताउँदा मन शान्त हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज तपाईंको दिन व्यस्त रहनेछ । नयाँ योजनाहरु बनाउन र कार्यान्वयन गर्न अनुकूल समयको प्रतिक्षा गर्नुहोस । मानसिक तनावबाट मुक्त हुन ध्यान र विश्राम गर्नुहोस । आर्थिक पक्षमा केही सुधार होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मेहनतले सम्मान र स्थान दुवै दिलाउनेछ । पहिलाको सफलताले थप हौसला जाग्नेछ । नेतृत्व गर्ने अवसर प्राप्त हुन सक्छ र निर्णयले सकारात्मक परिणाम ल्याउनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोस् । स्वास्थ्यको दृष्टिकोणले दिन सामान्य रहनेछ । कार्यक्षेत्रमा मेहनतले राम्रो परिणाम दिन थाल्नेछ । सवारी साधन चलाउँदा सचेत रहनुहोस् । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काममा ध्यान केन्द्रित गर्दा राम्रो परिणाम मिल्नेछ । आर्थिक रुपमा सुधार हुने संकेत छन् । विद्यार्थीहरूलाई प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ त्यसर्थ सन्तुलित खानपानमा ध्यान दिनुहोस् । आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) छरछिमेकीसँग असमझदारी बढ्ने सम्भावना छ । अवसरवादीहरूबाट सजग रहनुहोला । कार्यक्षेत्रमा दोहोराएर प्रयत्न गर्दा लाभ मिल्नेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन् । अनावश्यक खर्चबाट जोगिनुहोस् । परिवार र साथीभाइसँगको सम्बन्ध मधुर हुनेछ । आफ्नो व्यवहारले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा केही चुनौती आउन सक्छ तर धैर्य राखे समाधान मिल्नेछ । आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । अभिव्यक्तिको कलामा निखार आउनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आर्थिक रूपमा लाभ मिल्ने सम्भावना रहेको छ । नयाँ योजनाहरू सुरु गर्न उपयुक्त समय रहेको छ । वरिष्ठ व्यक्तिहरूसँग सकारात्मक सम्बन्ध रहनेछ जसले कामलाई सहज बनाउनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएको काम अगाडि बढ्ने संकेत देखिनेछ। लगानी गर्न चाहनु हुन्छ भने सोच विचार गरेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । पारिवारिक जीवनमा खुसी र सामञ्जस्य कायम रहनेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मेहनतले गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । प्रत्यक्ष नतिजाले उत्साह जाग्नेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक हितमा राम्रो काम गर्न सकिनेछ। नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ । आँटेको काम सजिलै सम्पादन गर्न सकिनेछ । महत्वकांक्षी योजनाहरू पूरा हुनेछन । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ ।

ताजा समाचार

Related Articles