महोत्तरीमा १०९ किलो गाँजासहित भारतीय कार नियन्त्रणमा

महोत्तरी १ चैत्र
महोत्तरी प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। जिल्लाको रामगोपालपुर नगरपालिका–८ स्थित सहसौला चोक नजिकबाट १०९ किलोग्राम गाँजासहित भारतीय नम्बर प्लेटको कार प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार पूर्व–पश्चिम लोकमार्ग हुँदै भारततर्फ लैजाँदै गरिएको अवस्थामा कारबाट गाँजा फेला परेको हो । गएराति करिब ११ बजेतिर प्राप्त गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो तथा इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको संयुक्त टोलीले कार रोकी जाँच गर्दा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कारमा २० वटा पोका बनाएर गाँजा लुकाइएको थियो । जाँचका क्रममा कार चालक भने फरार भएको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । बरामद गरिएको गाँजा तथा कारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक शर्माले बताएका छन् ।

ताजा समाचार

Related Articles