रौतहट ११ साउन
रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा एक १० वर्षीय बालक नहरमा मृत अवस्थामा फेला परेका छन् ।
स्थानीयका अनुसार जयनगर निवासी शेख मन्जुरका १० वर्षीय छोरा शेख रिजवान नहरमा मृत भेटिएका हुन् । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । बालकको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाले जयनगर क्षेत्रमा शोक छाएको छ । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाइरहेको छ ।

