आज – ३० फाल्गुण २०८२ शनिवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक पक्षमा सुधारका संकेत छन् । व्यापार व्यवसायमा नयाँ योजनामा सफलता मिल्नेछ । परिवार वा आफन्तहरूसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) करियरमा प्रगतिका संकेत देखिनेछन् । व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ । नयाँ कामको अवसर आउनेछ । आर्थिक पक्ष सबल हुनेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रचनात्मक कार्यतर्फ रुचि बढ्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ । चुनौतीहरू पन्छ्याउँदै नयाँ कामको जग बसाउने अवसर रहेको छ । सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धैर्य वा अनुशासन अपनाए सफलता मिल्नेछ। वाद विवादबाट टाढा रहनु नै राम्रो हुनेछ । साहसिक कार्यले समाजमा नाम स्थापित गराउनेछ । यात्रा लाभदायी रहनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । समस्या दर्शाउँदा शुभचिन्तकहरूको साथ र सहयोग मिल्नेछ । पहिलाका सफलताले थप काम गर्न हौसला मिल्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेम र मित्रताको बन्धन कसिनेछ । अप्ठ्यारो परिस्थितिलाई पनि सहज बनाउन सकिनेछ । घुमफिर एवं मनोरञ्जनमा समय बित्नेछ । व्यापार व्यवसायमा लाभ हुनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साथीभाईहरूको सहयोगले समस्याको समाधान हुनेछ । पढाइमा नयाँ सिप सिक्नको लागि परिश्रम गर्नुपर्ला । सांस्कृतिक संघ समारोहमा सहभागी भइएला । आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साथीभाइको सहयोगले समस्याको समाधान हुनेछ । लगनशीलता र मेहनतले प्रतिद्वन्दीहरू हार खानेछन । वित्तीय वा सहकारी क्षेत्रतिर गरिएको प्रयासमा सफलता मिल्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्य र खानपिनमा ध्यान दिनु आवश्यक रहेको छ । व्यापारिक लेनदेनमा सावधानी अपनाउनुहोस् । प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ५ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बोलि प्रभावशाली रहनेछ । विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ । काम र व्यवसायको सन्दर्भ लाई लिएर आफन्तहरूबाट टाढिनुपर्ला । आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला । सञ्चित रकम खर्च हुने वा व्यापार व्यवसायमा नयाँ लगानी लगाउनुपर्ने हुन सक्छ । स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोस् । आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएको कामलाई दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन । इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्ति गर्न सहज बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।

ताजा समाचार

Related Articles