रौतहट गढीमाई नगरपालिकाको वडा कार्यालयमा चोरी, करिब चार लाख बराबरको क्षति

रौतहट २९ फागुन
रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर ८ स्थित बरियारपुरमा रहेको वडा कार्यालयमा गएराति चोरी तथा तोडफोड भएको छ । कार्यालयबाट कम्प्युटर, ल्यापटप लगायतका विभिन्न विद्युतिय सामग्री चोरी भएको जनाइएको छ । वडाध्यक्ष बजरङ्गी प्रसाद यादवका अनुसार चोरहरूले कार्यालयभित्र रहेका प्रिन्टर तथा वाइफाइ बक्ससमेत निकालेर कार्यालय परिसरमा फालिदिएका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बरियारपुरका प्रहरी सहायक निरीक्षक राजेन्द्र यादवको टोली घटनास्थलमा पुगेर विवरण संकलन गरेको थियो । वडा सचिव धर्मेन्द्र यादवले पत्रकार मुकेश कुमार यादवलाई दिएको जानकारी अनुसार चोरी भएको विद्युतिय सामग्रीको मूल्य करिब चार लाख चार हजार रुपैयाँ बराबर रहेको छ । यद्यपि कार्यालयका महत्वपूर्ण कागजातहरूमा भने कुनै क्षति नपुगेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ ।

ताजा समाचार

Related Articles