सडक अतिक्रमण बढ्दो, चन्द्रपुरमा राजमार्ग किनारमै खुला व्यापार

राैतहट २९ फागुन
रौतहटको चन्द्रपुर नगरपालिका–४ क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग आसपासमा सडक अतिक्रमण गरेर व्यवसाय सञ्चालन गर्ने क्रम बढ्दै गएको छ । राजमार्गको किनार र फुटपाथमा अस्थायी टहरा, ठेला र पसल राखेर खुलेआम व्यापार भइरहेको स्थानीयले बताएका छन् । सडक किनारमै पसल र ठेला राखेर व्यवसाय सञ्चालन गर्दा पैदलयात्री तथा सवारीसाधनलाई आवतजावतमा समस्या हुने गरेको गुनासो बढ्दै गएको छ । विशेषगरी व्यस्त समयमा राजमार्ग आसपास भीडभाड बढ्दा दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको स्थानीयको भनाइ छ । स्थानीयवासीका अनुसार लामो समयदेखि सडक अतिक्रमण हुँदै आए पनि यसको नियन्त्रणका लागि स्थानीय सरकारको ध्यान पर्याप्त रूपमा पुग्न सकेको छैन । राजमार्ग क्षेत्रमा सार्वजनिक स्थान प्रयोग गरेर व्यापार सञ्चालन भइरहे पनि हालसम्म प्रभावकारी अनुगमन र व्यवस्थापन हुन नसकेको उनीहरूको आरोप छ ।
सडक अतिक्रमण नियन्त्रण, पैदलयात्रीको सुरक्षाको व्यवस्था तथा राजमार्गलाई व्यवस्थित बनाउन चन्द्रपुर नगरपालिकाले तत्काल आवश्यक कदम चाल्नुपर्ने माग स्थानीयले गरेका छन् ।

ताजा समाचार

Related Articles