बागमतीमा एकैसाथ दुई बालकको ज्यान गयो, समनपुर हरैयाघाट शोकमा डुब्यो

राैतहट १४ असार
रौतहटको गढीमाई नगरपालिका–१ अन्तर्गत बागमती नदीको समनपुर हरैयाघाटमा आइतबार भएको दुःखद घटनाले स्थानीय बस्ती नै शोकमग्न बनेको छ। नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको ज्यान गएको हो । मृत्यु हुनेमा गढीमाई–१ निवासी ८ वर्षीय अनिकेश यादव र सोही उमेरका आदित्य यादव रहेका छन्। दुवै बालक नुहाउने क्रममा नदीको तीव्र बहावमा बगिएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।
जिल्ला प्रहरी कार्यालय गौरका अनुसार खोजीका क्रममा दुवै बालकलाई नदीबाट मृत अवस्थामा निकालिएको हो । आदित्य यादवको शव घटनास्थलबाट करिब ५० मिटर दक्षिणतर्फ फेला परेको प्रहरीले जनाएको छ । घटनापछि समनपुर हरैयाघाट क्षेत्रमा शोकको वातावरण छ । जिल्ला प्रहरी कार्यालय गौरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । साथै वर्षायाममा नदीको बहाव तीव्र हुने भएकाले अभिभावकलाई बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन पनि आग्रह गरिएको छ ।

ताजा समाचार

Related Articles