मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा भावनामा आएर निर्णय नलिनुहोला । अड्केको कार्यमा सहयोगीहरूले साथ दिनेछन् । आत्मबल र पराक्रममा वृद्धि हुनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । सोचेका कार्य पूरा हुनेछन । लगनशीलताले कार्यहरू अगाडि बढ्नेछन् । पुराना समस्याहरू सुल्झाउन सक्नुहुनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा अतिरिक्त कामको जिम्मेवारी बढ्नेछ । आफन्त र जीवनसाथीसँग मनमुटावको सम्भावना रहेको छ सावधान रहनुहोस् । आर्थिक कार्यमा गरेको प्रयास सफल रहनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) योजनाहरु सफल रहने छन्। लामो समयदेखि रोकिएको पैसा आकस्मिक मिल्न सक्छ। आफन्तहरूसँग रमाइलो समय बित्नेछ । व्यापार व्यवसायमा थोरै श्रमले पनि राम्रो लाभ मिल्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक क्षेत्रमा धन खर्चको सम्भावना रहेको छ । आफन्तहरूबाट सोचेजस्तो सहयोग न मिल्नाले मन अप्रसन्न रहनेछ । यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वैदेशिक क्षेत्रबाट शुभ सूचना मिल्नेछ । व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। प्रेम सम्बन्ध सुमधुर रहनेछ । छरछिमेकीहरूसँग को मनमुटाव सुल्झिनेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नजिकको सम्बन्धमा सुधार आउनेछ। साथीभाइ र सामूहिक कार्यबाट लाभ प्राप्त हुनेछ । विद्यार्थीहरूले भविष्यलाई लिएर आफ्नो दृष्टिकोण स्पष्ट राख्नुहोस् । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) राजनीतिक क्षेत्रमा जनताको समर्थन पाइनेछ । व्यापार व्यवसायलाई लिएर नयाँ योजनाहरू कोरिनेछन् । सवारी साधनबाट यात्रा गर्दा सावधान रहनुहोस । आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा हजुरको इच्छाको पूर्ति हुनेछ । नयाँ नोकरीमा सफलता पाइनेछ । व्यापारीहरूलाई व्यापारबाट लाभ मिल्नेछ । माननीयजनहरुको सहयोग मिल्ने छ । आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नोकरी वा पेशामा हत्तारमा निर्णय नलिनुहोला । कार्यक्षेत्रमा आयस्रोत बढ्नेछ । साझेदारी व्यापारमा पारदर्शिता राख्नुहोस्। विद्यार्थी वर्गहरूलाई अध्ययनमा शिक्षकको सहयोग मिल्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) समाजमा मान प्रतिष्ठा बढ्नेछ। पहिला गरेको कार्यको राम्रो प्रतिफल मिल्नेछ । कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ । व्यापारमा लाभका साथै नयाँ अवसरहरू मिल्नेछन् । आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पुराना कार्यहरू सम्पादन गर्ने समय रहेको छ । सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ । नोकरी वा पेशामा वरिष्ठ अधिकारीको सहयोग मिल्नेछ । व्यापार क्षेत्रमा थप लगानी लगाउने समय रहेको छ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ ।

