सिरहामा ल फर्ममा बम विस्फोट, एक जना सामान्य घाइते

सिरहा २७ फागुन
सिरहामा रहेको एक ल फर्ममा बम विस्फोट भएको छ। जिल्ला अदालत अगाडि रहेको मधेस ल फर्म मा बुधबार साँझ करिब ५ बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी बासु पाठकका अनुसार विस्फोट हुँदा ल फर्ममा कार्यरत सौरभ यादव सामान्य घाइते भएका छन्। घाइते यादवको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । विस्फोटका कारण ल फर्मको सिसा फुट्नुका साथै भित्र रहेका कागजात र फर्निचरमा समेत क्षति पुगेको बताइएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान गर्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगिसकेको छ । बम कसले र किन राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles