इरानी ड्रोन आक्रमणमा युएईमा १५ नेपाली घाइते, १४ जना काममा फर्किए

काठमाडौं २८ फागुन
परराष्ट्र मन्त्रालयले इरानी ड्रोन आक्रमणका कारण संयुक्त अरब इमिरेट्स (युएई) मा १५ जना नेपाली नागरिक घाइते भएको जानकारी दिएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले उक्त विवरण सार्वजनिक गरेको हो ।
मन्त्रालयका सहसचिव रामजी खड्काका अनुसार आक्रमणमा परेका १५ मध्ये १४ जना नेपालीको उपचारपछि अवस्था सामान्य भइसकेको छ र उनीहरू काममा फर्किसकेका छन् । घाइतेहरू ड्रोन आक्रमणको क्रममा प्रभावित भएका थिए । उक्त घटनामा एक जना नेपाली नागरिकको भने ज्यान गएको मन्त्रालयले पुष्टि गरेको छ । मृतकको पहिचान र परिवारलाई सहयोगबारे सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अगाडि बढाइएको जनाइएको छ । परराष्ट्र मन्त्रालयले घाइते तथा प्रभावित नेपालीहरूको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको र आवश्यक सहयोगका लागि युएईस्थित नेपाली दूतावाससँग समन्वय भइरहेको जनाएको छ ।

ताजा समाचार

Related Articles