राैतहट २६ फागुन
मधेस प्रदेश स्तरीय U–14 फुटबल प्रतियोगितामा रौतहटको प्रतिनिधित्व गरिरहेको श्री जनशक्ति माध्यमिक विद्यालय, गैँडाटारले पहिलो खेलमै शानदार जित हात पारेको छ । प्रतियोगिताको उद्घाटन खेलमा जनशक्ति माविले सप्तरी जिल्लाको टोलीलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
खेलको सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको जनशक्ति माविका खेलाडीहरूले उत्कृष्ट समन्वय र अनुशासन देखाउँदै दुई गोल गर्न सफल भएका थिए । खेलाडीहरूको उत्कृष्ट प्रदर्शनका कारण टोलीले प्रतियोगितामा सकारात्मक सुरुआत गर्न सफल भएको विद्यालय परिवारले जनाएको छ ।
टोलीको सफलताप्रति विद्यालय परिवारले सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दै आगामी खेलहरूमा अझ उत्कृष्ट प्रदर्शनको कामना गरेको छ ।
विद्यालयले आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्दै रौतहटको नाम उज्यालो बनाउने आशा गरिएको छ ।

