रुपेन्द्र पटेल
रौतहट, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहटका चार निर्वाचन क्षेत्रमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू तीन क्षेत्रमा अग्रस्थानमा देखिएका छन्।
रौतहट क्षेत्र नम्बर १ मा ५० हजार ८९५ मत गणना हुँदा रास्वपाका राजेशकुमार चौधरीले फराकिलो अग्रता कायम राख्नुभएको छ। चौधरीले २० हजार ७२६ मत प्राप्त गर्नुभएको छ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्ताले ७ हजार ९१३ मत प्राप्त गर्नुभएको छ। नेपाली कांग्रेसका अनिल झाले ५ हजार ८८४ मत ल्याउँदा नेकपाका माधवकुमार नेपालले ५ हजार २८४ मत प्राप्त गर्नुभएको छ। यसैगरी जसपाका योगेन्द्र यादवले ५ हजार १९ मत प्राप्त गर्नुभएको छ।
यस्तै रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डा. फिर्दोष आलम र राष्ट्रिय स्वतन्त्र पार्टीका शेख सगिरबीच कडा प्रतिस्पर्धा देखिएको छ। हालसम्मको मत परिणाम अनुसार आलमले ३ हजार ६७८ मत प्राप्त गर्दा सगिरले ३ हजार ६६८ मत प्राप्त गर्नुभएको छ।
नेकपाका किरण साहले २ हजार ३४८ मत प्राप्त गर्नुभएको छ भने जसपाका रामअशिष राई यादवले १ हजार ४६ मत प्राप्त गर्नुभएको छ। नेकपा एमालेका महमद अतिउल्लाहले २७४ मत प्राप्त गर्नुभएको छ।
रौतहट क्षेत्र नम्बर ३ मा पनि रास्वपाका उम्मेदवार धीरज पटेल अग्रस्थानमा रहनुभएको छ। पटेलले ४ हजार २९७ मत प्राप्त गर्नुभएको छ।
जसपाका गोविन्द चौधरीले ३ हजार १४९ मत ल्याउँदा आजपाका प्रभु साहले १ हजार ६३८ मत प्राप्त गर्नुभएको छ। नेपाली कांग्रेसका रामकृपाल यादवले १ हजार ६२० मत प्राप्त गर्दा एमालेका कुन्दन कुशवाहाले १ हजार १७८ मत प्राप्त गर्नुभएको छ। नेकपाकी पुनमदेवीले ३१८ मत प्राप्त गर्नुभएको छ।
रौतहट क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार गणेश पौडेलको अग्रता कायमै रहेको छ। हालसम्म पौडेलले १८ हजार १३ मत प्राप्त गर्नुभएको छ।
उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले ७ हजार ७११ मत प्राप्त गर्नुभएको छ भने नेकपाका रामकुमार भट्टराईले ६ हजार ३०५ मत प्राप्त गर्नुभएको छ। नेकपा एमालेका रामजी साहले १ हजार ७१९ मत प्राप्त गर्नुभएको छ।
यसैगरी जसपाका राजकुमार दास तत्माले ६९१, उज्यालो नेपालका तुलसीराज गिरीले ३३२, आजपाका ऋषिराज धमलाले २९०, जनमतका रामकल्याण राउतले १७२ र श्रम संस्कृति पार्टीका नवराज अर्यालले १२० मत प्राप्त गर्नुभएको छ।
रौतहटमा प्रतिनिधिसभाका जम्मा चार निर्वाचन क्षेत्रमध्ये हालसम्म तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता कायम राखेका छन् भने क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस र रास्वपाबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

