सफारी चालकको मृत्युपछि सर्लाहीको कर्मैयामा स्थानीयको आन्दोलन

सर्लाही २३ फागुन
सर्लाहीको हरिवन नगरपालिका–१२ कर्मैयामा शनिबार स्थानीय बासिन्दा सडक आन्दोलनमा उत्रिएका छन् । गत फागुन १६ गते कर्मैयास्थित पुतली सडकमा ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका सफारी चालक रामशरण माझीको उपचारका क्रममा शुक्रबार मृत्यु भएपछि स्थानीयले आन्दोलन थालेका हुन् ।
स्थानीयका अनुसार करिब ४८ वर्षीय माझी दुर्घटनापछि उपचाररत अवस्थामा थिए। तर उपचारकै क्रममा शुक्रबार उनको मृत्यु भएपछि पीडित परिवार तथा स्थानीय आक्रोशित बनेका हुन् । मृतक माझी परिवारको घरव्यवहार चलाउने मुख्य व्यक्ति भएकोले उनका साना बालबालिकाको पालनपोषण र परिवारको भविष्यप्रति चिन्ता बढेको भन्दै पीडित परिवार र स्थानीयले सम्बन्धित निकायसँग उचित क्षतिपूर्ति र व्यवस्थापनको माग गरेका छन् । शनिबार स्थानीयले सांकेतिक रूपमा सडक आन्दोलन गर्दै आफ्ना मागहरू सार्वजनिक गरेका छन् । उनीहरूले सम्बन्धित निकायले मागप्रति बेवास्ता गरे आइतबारदेखि अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
स्थानीयले पीडित परिवारको उचित व्यवस्थापन, बालबालिकाको पालनपोषणको सुनिश्चितता र दुर्घटनामा संलग्न सवारी साधनमाथि कानुनी कारबाहीको माग गरेका छन् ।

ताजा समाचार

Related Articles