रौतहट, १४ फागुन। रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट आम जनता पार्टीका उम्मेदवार तथा वरिष्ठ पत्रकार ऋषि धमला ले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ।
करिब ३५ वर्षदेखि पत्रकारितामा सक्रिय धमलाले “रौतहट–४ को उन्नति र प्रगति नै मेरो सपना” रहेको उल्लेख गर्दै शिक्षा, रोजगारी, स्वास्थ्य, कृषि, सिँचाइ, पर्यटन तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाहरू अघि सार्नुभएको हो।
प्रतिबद्धता पत्रअनुसार शिक्षाको पहुँच विस्तार गर्दै आर्थिक अभावका कारण विद्यार्थीले विद्यालय छोड्नुपर्ने अवस्थाको अन्त्य गरिने उल्लेख गरिएको छ। मुस्लिम विश्वविद्यालय स्थापना पहल तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने योजना पनि सार्वजनिक गरिएको छ।
रोजगारी तथा औद्योगिक विकासतर्फ ‘हर घर मिले रोजगार’ नारासहित महिला स्वरोजगार प्रवर्द्धन, सीपमूलक तालिम सञ्चालन तथा चिनी उद्योगसँग समन्वय गरी उखु किसानलाई उचित मूल्य सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।
स्वास्थ्य तथा खानेपानीतर्फ रौतहटमै स्तरीय अस्पताल स्थापना गर्ने तथा ‘एक घर–एक धारा’ कार्यक्रममार्फत स्वच्छ खानेपानी उपलब्ध गराउने योजना अघि सारिएको छ।
कृषि तथा सिँचाइ विकासका लागि सुनकोशी–मरिन डाइभर्सन र बागमती सिँचाइ आयोजनालाई पूर्णता दिन पहल गर्ने तथा किसानलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यसैगरी धार्मिक तथा ऐतिहासिक स्थलहरूको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रको विकास गरिने तथा महिला फुटबलको सम्भावना रहेको रौतहटमा आवश्यक खेल पूर्वाधार निर्माण गरिने उल्लेख गरिएको छ।
उम्मेदवार धमलाले विकास, रोजगारी सिर्जना र आधारभूत सेवाको विस्तारमार्फत रौतहट–४ लाई नमुना निर्वाचन क्षेत्र बनाउने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ।