मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ अवसरहरू आउनेछन् साथै पुराना अधुरा रोकिएका कामहरू पूरा गर्ने समय रहेको छ । प्रतिष्ठित व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। मान सम्मानमा वृद्धी हुनेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ योजनाहरू सुरु गर्ने राम्रो समय रहेको छ । पढाइ र बौद्धिक काममा सफलता प्राप्त हुनेछ । शेयर बजारबाट लाभार्जन गर्न सकिनेछ । व्यापार व्यवसायमा धनलाभ र बचत बढ्नेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व क्षमतामा वृद्धि हुनेछ । घरपरिवारमा शुभकामको चर्चा हुनेछ । आर्थिक पक्ष सबल रहनेछ। समस्या दर्शाउँदा सहयोगीहरूबाट सहयोग पाइनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आर्थिक लाभको संकेत देखिएको छ । दाम्पत्य जीवनमा मिठास बढ्नेछ । वैदेशिक अवसर प्राप्त हुन सक्छ । समाजमा प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रचनात्मक कार्य आरम्भ गर्ने समय रहेको छ । पहिलाको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अध्ययन र अनुसन्धानमा सफलता मिल्नेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ । मेहनतको उचित मूल्यांकन पाइनेछ । सामाजिक क्षेत्रमा पदीय जिम्मेवारी मिल्नेछ । नयाँ उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक पक्षमा क्रमश सुधार हुने संकेत देखिएको छ । परिवारसँग सानो मतभेद हुन सक्छ धैर्य राखेर अगाडि बढ्नुहोस् । स्वास्थ्यमा घाँटी दुख्ने वा रुगा लाग्ने समस्याले सताउन सक्छ सावधानी अपनाउनुहोस् । आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जागिरमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ । खर्च बढ्न सक्छ बजट मिलाएर चल्नुहोस् । समाजमा मानसम्मान प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काममा व्यस्तता बढ्नेछ । श्रमको उचित फल नपाइएला धैर्य राखौं । स्वास्थ्यमा पेट सम्बन्धी समस्या देखापर्ला । अरुलाई सल्लाह दिनबाट जोगिनुहोस् । आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) करियरमा परिवर्तनका संकेत छन् । साथीभाइहरूबाट सहयोग पाइएला । गोप्य कुराहरु सार्वजनिक नगर्नुहोस् । सवारी साधन चलाउँदा सावधान रहनुहोस् । आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक पक्ष बलियो हुनेछ साथै नयाँ लगानीहरूबाट फाइदा मिल्नेछ । स्वास्थ्यलाई लिएर खानपिनमा सावधानी अपनाउनुहोस् । जग्गा जमिनबाट लाभ रहनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भविष्यको लागि कार्यक्षेत्रमा जग बसाउने अवसर रहेको छ । व्यापार व्यवसायमा आँटले दिगो लाभ उठाउन सकिनेछ । कार्यक्षेत्रमा केही बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । आफन्तहरू मध्य स्वादिष्ट भोजनको आनन्द मिल्ला । आजको शुभ रंग आकाशी हो भने शुभ अंक ९ रहेको छ ।

