रौतहट,४ फागुन । रौतहट क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार कुन्दन कुशवाहा प्रति दिनप्रतिदिन जनसमर्थन बढ्दै गएको छ।
सोमवार कटहरिया नगरपालिका १ भासेढावा गाउँमा सम्पन्न घरदैलो तथा जनसम्पर्क कार्यक्रमले उल्लेखनीय राजनीतिक एकताको सशक्त सन्देश दिएको हो।
नेपाली कम्युनिस्ट पार्टीका नेता तथा वडा अध्यक्ष भूपेन्द्र महतो तथा पूर्व वडा अध्यक्ष राजकुमार साहले समृद्धि, स्थिरता र विकासको स्पष्ट मार्गचित्र बोकेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँग गोलबन्द हुँदै प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्दन कुशवाहाको चुनावी अभियानमा ऐक्यबद्धता जनाउनुभएको छ।
उहाँहरूको यस ऐतिहासिक निर्णयले वडा १ मा वामपन्थी एकता थप मजबुत बनाएको छ भने स्थानीय जनतामा नयाँ आशा र विश्वासको सञ्चार गरेको छ। घरदैलो अभियानका क्रममा नेता तथा कार्यकर्ताहरूले घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका स्पष्ट प्रतिबद्धता दोहोर्याएका थिए।
भूपेन्द्र महतो र राजकुमार साहको साथ र समर्थनले चुनावी माहोलमा नयाँ ऊर्जा, उत्साह र व्यापक जनआधार सिर्जना भएको देखिएको घरदैलोमा सहभागी प्रदेश सांसद पूर्व मन्त्री केशव राय चौधरीले बताएका छन्। यो एकता समृद्ध र सुदृढ राष्ट्र निर्माणतर्फको दृढ कदमका रूपमा हेरिएको छ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहा, प्रदेश सांसद केशव राय चौधरी, गुजरा मेयर प्रत्याशी शेख एकरामुल हक, वडा अध्यक्ष भूपेन्द्र महतो, वडा अध्यक्ष जहाङ्गिर अन्सारी, पूर्व वडा अध्यक्ष राजकुमार साह,एमालेका क्षेत्रीय संयोजक युवराज ज्ञवाली, फतुवा विजयपुरकी पूर्व उपमेयर कान्ती देवी महतो लगायत दर्जनौं नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
घरदैलो भेटघाटका क्रममा मतदाताहरूमा उत्साहजनक सहभागिता देखिनुका साथै कुशवाहाप्रति सकारात्मक झुकाव स्पष्ट रूपमा देखिएको आयोजकहरूले बताएका छन्।
देशमा समृद्धि र सूखी नेपालीको परिकल्पना साकार गर्न अगामी फागुन २१ गते हुने निर्वाचनमा सूर्य छापमा मतदान गरी उमेदवार कुष्वाहालाई भारी मतले विजयी गराउन नेताहरुले क्षेत्र ३ का सम्पूर्ण मतदाता लाई आग्रह गरेका छन्।

