श्रीमान फरार, पेटभर्वामा महिलाको घाँटी रेटेर हत्या

रौतहट, ४ फागुन
रौतहटको फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा गाउँमा एक महिलाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । आइतबार करिब बिहान ११ः५० बजे २८ वर्षीया आरती देवी यादव आफ्नै घरको खाटमा उतानो परेको अवस्थामा मृत भेटिएकी हुन् । स्थानीयका अनुसार उनको घाँटी धारिलो हतियारले काटिएको देखिएको छ भने खाट नजिकै रगत समेत फेला परेको थियो । इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियामा सूचना प्राप्त भएपछि सईको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले प्रारम्भिक अनुसन्धानबाट हत्या भएको आशंका गरिएको जानकारी दिएकाे छ । मृतकका श्रीमान् ४२ वर्षीय महन्थ राय यादव घटनापछि फरार रहेका छन्। प्रहरीका अनुसार श्रीमान्‌द्वारा नै हत्या भएको हुन सक्ने आशंका गर्दै उनको तीव्र खोजी भइरहेको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर मा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ ।

ताजा समाचार

Related Articles