सर्लाहीमा सब–इन्जिनियरमाथि गोली प्रहार, उपचारकै क्रममा मृत्यु

सर्लाही ३ फागुन
सर्लाहीमा प्रमोद यादवको गोली प्रहारबाट मृत्यु भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत यादवमाथि आइतबार साँझ करिब ८ बजे अज्ञात समूहले गोली चलाएको हो । मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका उनीमाथि नजिकैबाट गोली प्रहार गरिएको स्थानीय स्रोतले जनाएको छ ।  गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको बताउानु भयाे ।  गोली प्रहार गर्ने समूहको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
घटनापछि क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने घटनाको कारण र संलग्न व्यक्तिहरूको पहिचानबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles