राैतहटकाे चन्द्रपुरमा ब्राउन सुगरसहित ४ जना पक्राउ

राैतहट ३ फागुन
चन्द्रपुरमा अवैध लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चन्द्रपुर–१ बागमतीका ३२ वर्षीय तुलबहादुर लामा, उदयपुर गाईघाट घर भई हाल चन्द्रपुर–४ गणेशचोक बस्दै आएकी २३ वर्षीया प्रिया तामाङ, चन्द्रपुर–४ का ३५ वर्षीय राज बलम पाख्रिन मगर र सोही स्थानका २९ वर्षीय प्रशान्त तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले शंकास्पद गतिविधिको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार आरोपितहरूको साथबाट २४० मिलिग्राम ब्राउन सुगर, सेवन गर्ने सामग्री तथा तौल गर्ने उपकरण बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गले लागूऔषध सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
प्रहरीले पछिल्लो समय चन्द्रपुर क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि निगरानी तथा गस्ती बढाइएको समेत जनाएको छ ।

ताजा समाचार

Related Articles