राैतहट गरुडा जिङ्गडियामा १८७ मिटर RCC ढलान सडकको शिलान्यास

रौतहट २९ माघ

गरुडा नगरपालिका वडा नं. ८ जिङ्गडियामा १६ फिट चौडाइ र १८७ मिटर लम्बाइको आरसीसी (RCC) ढलान सडक निर्माण कार्यको आज एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।
सडक शिलान्याससँगै स्थानीय बासिन्दामा उत्साह थपिएको छ । निर्माण सम्पन्न भएपछि दैनिक आवागमन सहज हुने, वर्षायाममा हुने हिलो तथा गर्मीयाममा हुने धुलोको समस्या न्यूनीकरण हुने विश्वास गरिएको छ ।  यसले क्षेत्रको भौतिक पूर्वाधार विकासमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले नगरभित्रका आवश्यक पूर्वाधार विकासका कामलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभयो । उहाँले समृद्ध नगर निर्माणका लागि यस्ता योजनालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीयवासीले पनि सडक निर्माण कार्य समयमै सम्पन्न गर्न आग्रह गर्दै विकासका गतिविधि निरन्तर अघि बढिरहनुपर्ने धारणा राखेका थिए ।

ताजा समाचार

Related Articles