रौतहटमा हजुरआमाको हत्या आरोपमा १८ वर्षीय नाति पक्राउ

रौतहट, १५ साउन
रौतहटमा आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कटहरिया नगरपालिका–३ बडेरवाकी ७५ वर्षीया तेतरी खातुन गत बिहीबार (साउन १४ गते) साँझ आफ्ना माइला छोरा शेख निमुदिनको घरभित्र रहेको खाटमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको प्रकृति शंकास्पद देखिएपछि इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा खातुनको हत्या भएको आशंकामा उनका १८ वर्षीय नाति साहिद शेखलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी वसन्त गौतमका अनुसार पक्राउ परेका साहिदमाथि थप अनुसन्धान भइरहेको छ । घटनाको कारण र हत्याको वास्तविक परिस्थिति खुलाउन प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ ।
प्रहरीले अनुसन्धान पूरा भएपछि घटनाबारे थप विवरण सार्वजनिक गरिने जनाएको छ ।

ताजा समाचार

Related Articles