राैतहटकाे धमौरा गाउँ नै गरे एमाले प्रवेश, मन्सुरको नेतृत्वमा सामूहिक निर्णय

रौतहट २८ माघ
राैतहटकाे बृन्दावन नगरपालिका–७ स्थित सखुवा धमौरा गाउँका करिब ७ सय जना स्थानीय नेकपा एमालेमा प्रवेश गरेका छन्। पूर्व नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी परित्याग गर्दै समुद मन्सुरको नेतृत्वमा गाउँ नै सामूहिक रूपमा एमालेमा आबद्ध भएको जानकारी दिइएको छ । पूर्व वडा सदस्य प्रत्याशीसमेत रहेका मन्सुरसहित ठूलो संख्यामा स्थानीयले पार्टी परिवर्तन गरेको जनाइएको छ। नवप्रवेशीहरूलाई नेकपा एमालेकी केन्द्रीय सदस्य आरती भण्डारी, पूर्व केन्द्रीय सदस्य उद्वव रेग्मी तथा रौतहट क्षेत्र नम्बर ४ का उम्मेदवार रामजी साहले संयुक्त रूपमा दोसल्ला, टीका र माला लगाएर स्वागत गरेका थिए । प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै समुद अन्सारीले देशलाई सही दिशामा परिवर्तन गर्न सक्ने शक्ति एमाले मात्र रहेको दाबी गर्दै सोही विश्वासका आधारमा गाउँलेहरू सामूहिक रूपमा पार्टीमा प्रवेश गरेको बताउनु भयाे । स्थानीय तहमा एमालेप्रति बढ्दो आकर्षण देखिएको भन्दै नेताहरूले यसले आगामी राजनीतिक समीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।

ताजा समाचार

Related Articles