रौतहट, १५ असार
नेकपा एमाले रौतहटको चन्द्रपुर नगर कमिटीले सोमबार पार्टी कार्यालय परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रपुर नगरपालिका–४ स्थित पार्टी कार्यालय परिसरमा आयोजित कार्यक्रममा नेता–कार्यकर्ताहरूको सक्रिय सहभागितामा सरसफाइसँगै विभिन्न प्रजातिका बिरुवा रोपिएको नगर कमिटीले जनाएको छ । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण गरिएको जनाइएको छ । पार्टीले सामाजिक उत्तरदायित्वसँग जोडिएका र जनसमुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने गतिविधिलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको नगर कमिटी अध्यक्ष शिव प्रसाद आचार्यले तराई पाेष्टलाई जानकारी दिनु भयाे ।

संघीय निर्वाचनपछि नेकपा एमाले चन्द्रपुरले संगठन विस्तार र पार्टी सुदृढीकरण अभियानलाई थप तीव्र बनाएको छ । गाउँ–टोलसम्म पुगेर जनसम्पर्क विस्तार, नयाँ सदस्यता वितरण, संगठन सुदृढीकरण तथा जागरण अभियान सञ्चालन गर्दै पार्टीलाई चलायमान बनाउने कार्य भइरहेको नगर कमिटीले जनाएको छ ।
स्थानीय तहमा पार्टीको उपस्थितिलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सामाजिक, वातावरणीय तथा संगठनात्मक गतिविधिलाई एकसाथ अघि बढाइएको एमाले चन्द्रपुरले जनाएकाे छ ।

