जलवायुमैत्री प्रविधिमार्फत धान उत्पादन बढाउन जोड

रौतहट, १५ असार । “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि“ भन्ने नाराका साथ रौतहटको गुजरा नगरपालिका–२ एकान्त टोलमा राष्ट्रिय धान दिवस मनाइएको छ ।
अक्सफाम नेपालको आर्थिक सहयोग, ग्रामीण विकास केन्द्र नेपालको आयोजनामा सञ्चालित जलवायु जोखिम तथा संकटासन्नताका लागि सामुदायिक उत्थानशील परियोजना तथा गुजरा नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम गुजरा नगरपालिका–२ का वडा अध्यक्ष अशोक खाँ थारुको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष, कृषि विकास शाखाका कर्मचारी, परियोजनाका प्रतिनिधि चिरञ्जीवी महतो, ज्योति फुयाल, सोचेन्द्र यादव तथा स्थानीय समुदायका सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागीहरुले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न जलवायुमैत्री खेती प्रणाली अपनाउनु आवश्यक रहेकोमा जोड दिएका थिए । धान उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको प्रयोग तथा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित धान दिवस मनाइएको आयोजकले जनाएको छ ।
कार्यक्रममा धान खेतीमा आधुनिक तथा वातावरणमैत्री प्रविधिको प्रयोग विस्तार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए ।

ताजा समाचार

Related Articles