मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा कामको प्रशंसा हुनेछ । टाढिएका आफन्त वा इष्टमित्रहरूसँग भेटघाटको योग रहेको छ । दाम्पत्य जीवन सुमधुर रहनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धिको उपयोगले गर्दा जटिल ठानेका कार्यसम्पादन हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रेम सम्बन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयंम राखौं । पायक स्थानमा भ्रमणका योग छन् । घरपरिवारको साथ र सहयोग मिल्नाले मनोबल उच्च रहनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मान सम्मानमा वृद्धि हुनेछ । नोकरी वा पेशामा अधिकारी वर्गहरू सहयोगी सिद्ध हुनेछन् । सामाजिक उत्तरदायित्व वा पद प्रतिष्ठामा वृद्धि हुनेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्ययन र अध्यापनको क्षेत्र सबल रहनेछ । नयाँ कार्यप्रति जोश र उत्साह जाग्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा गुरुजनहरूको सहयोग मिल्नेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । धर्मकर्ममा चासो बढ्नेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मेहनतिहरूको लागि दिन अनुकुल रहेको छ । व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ । लगनशीलताले रोकिएका कामहरू अगाडि बढ्नेछन् । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कुनै कुराले गर्दा मनमा अशान्ति रहनेछ । आफन्त र साथीहरूबाट सहयोग मिल्नेछ । सुन्दर पहिरनले अरूलाई आकर्षित गर्न सकिनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बोलि र व्यवहारले विवाद उत्पन्न गराउन सक्छ सावधान रहनुहोला । मानसिक चञ्चलताले निर्णय लिने क्षमतामा असर पर्नेछ । कर्म गर्नुभन्दा अघि भगवान विष्णुलाई स्मरण गरी अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) इच्छा वा आकांक्षा पूरा गर्न दौडधुप धेरै गर्नुपर्ला । स्वास्थ्यलाई लिएर सजग रहनुहोस् । रोजगारीको लागि आफन्तहरूबाट टाडिनुपर्ला । आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) माननीय जनहरूको साथ वा सहयोगले रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन् । आम्दानी बढाउने कार्य प्रारम्भ गर्न सकिनेछ । अतिथिको रुपमा सत्कार पाइएला । आजको शुभ रंग आकाशी हो भने शुभ अंक १ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आलस्य वा लगनशीलताको कमीले गर्दा अनुकूल परिणाम प्राप्त नहोला। सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोस् । अवसर आए पनि फाइदा उठाउन चुनौतीहरूको सामना गर्नुपर्ला । आजको शुभ पहेलो हो भने शुभ अंक ३ रहेको छ ।

