रौतहट २५ माघ
चन्द्रनिगाहपुर सिटी जेसीजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।रौतहटको श्री जनशक्ति माध्यमिक विद्यालय, गैडाटार मा आयोजित उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको थियो । जाडो मौसममा विद्यार्थीहरूलाई सहयोग पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको चन्द्रनिगाहपुर सिटी जेसीजले जनाएको छ । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न राजदेवी भक्त कन्स्ट्रक्सन ले सहकार्य गरेको थियो। कन्स्ट्रक्सनका सञ्चालक Er. Krishna Dev Yadav र Arbind Jaiswal ले कार्यक्रमलाई सहयोग प्रदान गरेका थिए । चन्द्रनिगाहपुर सिटी जेसीजका अध्यक्ष देवराज न्यौपाने ले सहयोगी संस्था तथा व्यक्तिहरूप्रति विशेष आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

