रौतहटमा चेकजाँचका क्रममा श्रोत नखुलेको नगदसहित एक व्यक्ति पक्राउ

राैतहट २३ माघ
रौतहट प्रहरीले नियमित सवारी साधन चेकजाँचका क्रममा श्रोत नखुलेको ठूलो परिमाणको नगद रकम बरामद गरेको छ।
गौर नगरपालिका–३ स्थित गौर भन्सार कार्यालयबाट बीपीचोकतर्फ जाँदै गरेको BR30U7247 नम्बरको मोटरसाइकल जाँच गर्दा प्रहरीले ४ लाख ९९ हजार रुपैयाँ नगद फेला पारेको हो । मोटरसाइकलको लेगार्डमा प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको अवस्थामा उक्त रकम भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सोही क्रममा गौर नगरपालिका निवासी ४४ वर्षीय राकेश प्रसादलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र कानुनी प्रक्रिया अनुसार आवश्यक कारबाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले बताउनु भयो ।

ताजा समाचार

Related Articles