नेकपा उम्मेदवार भट्टराईद्वारा चन्द्रपुर–६ मा वडा सम्पर्क कार्यालय उद्घाटन

रौतहट,२३ माघ । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा उम्मेदवार रामकुमार भट्टराईले चन्द्रपुर नगरपालिका वडा नम्बर–६ स्थित झन्झनटोलमा चुनावी वडा सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य देवेन्द्र पटेललगायत पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार भट्टराईले जनताको हक, अधिकार र समृद्धिका लागि नेकपा सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी निर्वाचनमा जनताको साथ र समर्थन प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
स्थानीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागितामा सम्पन्न उक्त कार्यक्रमले चन्द्रपुर क्षेत्रमा नेकपाको चुनावी गतिविधिलाई थप गति दिएको पार्टीले जनाएको छ ।

ताजा समाचार

Related Articles