रौतहटमा सवारी दुर्घटनामा ४ वर्षीया बालिकाको ज्यान गयो

राैतहट २२ माघ
रौतहटको ईशनाथ नगरपालिका–४, मठिया टोलमा भएको सवारी दुर्घटनामा ४ वर्षीया बालिका अल्फा खातुनको ज्यान गएको छ। बा.१५ च. ४२४४ नम्बरको कारको ठक्करबाट गम्भीर घाइते भएकी अल्फा खातुनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
दुर्घटनापछि घाइते बालिकालाई अस्पतालमै छाडेर कार चालक फरार भएका छन्। हाल फरार चालकको खोजी तीव्र बनाइएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उक्त कारमा रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार रहेको बताइएको छ। घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना भएको छ।

ताजा समाचार

Related Articles