चन्द्रज्योति इङ्ग्लिस आवासीय स्कूलमा भोलि ‘हाट बजार कार्यक्रम’ आयोजना हुँदै

राैतहट २२ माघ
चन्द्रपुरस्थित चन्द्रज्योति इङ्ग्लिस आवासीय स्कूलले विद्यार्थीहरूको व्यवहारिक सीप विकासलाई लक्षित गर्दै भोलि ‘हाट बजार कार्यक्रम’ आयोजना गर्ने भएको छ।
कार्यक्रम भोलि दिउँसो १ बजेदेखि विद्यालय परिसरमै सञ्चालन हुनेछ। विद्यालयका अनुसार सो कार्यक्रम Learning by Doing अवधारणामा आधारित रहेको छ, जसअन्तर्गत विद्यार्थीहरूले कक्षा कोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर पाउनेछन् । हाट बजार कार्यक्रममार्फत विद्यार्थीहरूले व्यापार, लेनदेन, व्यवस्थापन, आत्मविश्वास र सामाजिक व्यवहार सम्बन्धी महत्वपूर्ण अनुभव हासिल गर्ने विश्वास विद्यालयले लिएको छ । कार्यक्रममा विद्यार्थीहरूले आफैंले तयार गरेका सामग्रीहरू प्रदर्शन तथा बिक्री गर्नेछन्। यसले उनीहरूमा उद्यमशील सोचको विकास हुनुका साथै व्यवहारिक जीवनका लागि आवश्यक सीपहरू सिक्न सहयोग पुग्ने विद्यालयको भनाइ छ। विद्यालयले अभिभावकहरूलाई कार्यक्रममा उपस्थित भई आफ्ना सन्तानको हौसला र प्रेरणा बढाइदिन आग्रह गरेको छ। अभिभावकहरूको उपस्थितिले विद्यार्थीहरूमा थप उत्साह र आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ ।

ताजा समाचार

Related Articles