मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो स्वास्थ्यलाई लिएर सचेत रहनुहोला । प्रतिस्पर्धामा अरुलाई पछाडि पार्न सक्नुहुनेछ । शत्रुहरू परास्त हुनेछन् भने रोगबाट मुक्ति मिल्नेछ । कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक खर्चमा आकस्मिक वृद्धि हुनेछ । आर्थिक कारोबारमा शत्रुहरुको वृद्धि हुनेछ । कार्यक्षेत्रमा शुभचिन्तकहरूको साथ पाइनेछ । व्यापार व्यवसायमा धन सम्बन्धी लेनदेनमा सावधानी राख्नुपर्ने हुन्छ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अग्रिम कार्यहरू समयमा सम्पादन हुनेछ । विद्यार्थी वर्गहरूले हेलचेर्क्याइँ गरेर कुनै कार्य गर्दा असफलता हात लाग्न सक्छ । आर्थिक कारोबारमा भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन् । गरेको कार्यको जस पाइनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सन्तान पक्षबाट मन प्रसन्न हुने सूचना मिल्नेछ । विवाद र मुद्दाहरूमा हजुरको पक्ष बलियो रहनेछ । घरपरिवारमा जिम्मेवारी बढ्नेछ । कारोबारमा आफ्नो कुराहरूलाई गोप्य राखौं । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अचानक धनलाभ हुनाले मन प्रसन्न रहनेछ । कार्यक्षेत्रमा अग्रिम बनाएका कार्यहरूले सफलता मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । रोजगारीका निम्ति विदेश जानेहरूलाई सफलता मिल्नेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा अनुभवको कमीले कार्य अड्किने सम्भावना छ । पारिवारिक समस्याहरू सुल्झिनेछन् । व्यक्ति विशेषलाई ऋण दिनदेखि बच्नुहोस । वस्त्र आभूषण आदि उपहार पाइनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पुरानो लगानीबाट लाभ मिल्नेछ । आय र व्ययको मध्यमा सन्तुलन बनाएर राख्नुहोस । राजनीतिक क्षेत्रमा जनताको समर्थन मिल्नेछ । माताको स्वास्थ्य सबल रहनेछ । कार्यक्षेत्रमा श्रमको अनुरूप सफलता मिल्नेछ । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रचनात्मक वा कलात्मक क्षेत्रमा आफ्नो व्यक्तित्वलाई आकर्षक बनाउन सफल रहनुहुनेछ । वाणिले गर्दा आफन्तहरूसँग मनमुटाव हुनसक्छ । पारिवारिक र वैवाहिक जीवन राम्रो रहनेछ । भौतिक सुख सुविधामा धन खर्च हुनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा पद प्रतिष्ठामा वृद्धि हुनेछ । अधिकारी वर्गहरूबाट शुभ सूचना पाइनेछ । मित्रहरूबाट कुनै मूल्यवान वस्तुको प्राप्ति हुनेछ । घर परिवारमा मेलमिलाप बढ्नेछ । अरूलाई अनावश्यक सल्लाह नदिनुहोस । आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा आलस्य नगरौं। वाणीले गर्दा बनेको कार्य बिग्रिन सक्छ । कार्यक्षेत्रमा नयाँ निर्णयको लागि समय अनुकूल छैन । स्वास्थ्यमा ध्यान दिनुहोला । वाहनमा खर्च हुने सम्भावना छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा गरिएको कामको जस नमिल्नाले मन दुखी हुन सक्छ । मातापिताको आशीर्वाद लिएर नौकरी वा पेशामा अगाडि बढ्दा रोकिएका कामहरूमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सहकर्मीहरुको साथ नमिल्ला । आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) समाजमा कार्यकुशलताको चर्चा हुनेछ । परिश्रमीहरूका लागि समय उत्साहजनक रहेको छ । बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ । आर्थिक पक्ष मजबुत रहनेछ । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ ।

